site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जनकपुरविरुद्ध पावर प्लेमा कर्णालीको सुस्त सुरुआत, गुमायो धवन र देवलाई 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सोमबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको कर्णाली याक्सले पहिलो पावर प्लेमा सुस्त सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको कर्णालीलेले पहिलो ६ ओभरका दुई विकेट गुमाएर ३१ रन बनाएको छ । 

६ ओभरभित्र कर्णाली ओपनरद्वय शिखर धवन र देव खनाललाई गुमाएको छ । शिखर लाई हर्ष थोकरको पाँचौँ ओभरको दोस्रो बलमा बोल्ड गरे । शिखरले टिमको खातामा १४ रन बनाए ।

त्यसअघि कर्णालीले दोस्रो ओभरको दोस्रो बलमा ओपनर देव खनाललाई गुमाएको हो । जनकपुरका ललितनारायण राजवंशीबाट बोल्ड हुनुअघि देवले टिमको खातामा एक रन थपे ।

आजको खेलमा कर्णाली सोमपाल कामी र जनकपुर अनिल शाहको कप्तानमा मैदान उत्रिएको छ ।

प्रतियोगितामा कर्णालीको यो पहिलो खेल हो । जनकपुरले भने यसअघि आफ्नो पहिलो खेलमा विराटनगर किंग्स्विरुद्ध आठ विकेटको जित निकालेको थियो ।

सोमबारको पहिलो खेलमा यसअघि चितवन राइनोजले काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro