खेल
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज जारी खेलमा चितवन राइनोजविरुद्ध काठमाडौं गुर्खाजले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको काठमाडौंले दोस्रो ओभरको पहिलो बलमै विकेट गुमाएको हो । काठमाडौंका स्टेफन एस्किनाजीलाई चितवनका सोहेल तान्विरले अमर रौटेलाबाट क्याच गराए ।
जारी खेलको तीन ओभर समाप्त हुँदा काठमाडौंले एक विकेट गुमाएर २४ रन बनाएको छ । आजै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुने तालिका छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ ०९:२३
प्रतिक्रिया दिनुहोस्