राजनीति
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार राजेन्द्र बानियाँ निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा उनले ७४२ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार पविता खड्का (अधिकारी)ले ४९५ मत ल्याइन् । नेकपा (माओवादी केन्द्र)का उमेदवार नारायण विष्ट २८७ मत ल्याएर तेस्रो स्थानमा रहेका निर्वाचन आयोगले जनाएको छ ।
यस्तै, नेकपा (एमाले)का उमेदवार बद्री बुढाथोकीले १५४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बिजेस बस्नेतले ८७, अर्का स्वतन्त्र उमेदवार मदनप्रसाद दाहालले ५८ मत पाए ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ १०:५७
प्रतिक्रिया दिनुहोस्