site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चितवनका तान्विर चम्कँदा १११ रनमै रोकियो काठमाडौं

काठमाडौं । पाकिस्तानका पूर्वबलर सोहेल तान्विरले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सोमबारको पहिलो खेलमा चितवन राइनोजविरुद्ध काठमाडौं गुर्खाज १११ रनमै रोकिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १११ रनको सामान्य योगफल खडा गर्‍यो । योसँगै चितवनले जितका निम्ति ११२ रनको लक्ष्य पाएको छ ।

Dabur Nepal
NIC Asia

चितवनविरुद्ध निरीह देखिएको काठमाडौंका चार ब्याटरले मात्रै दोहोरो अंकमा रन जोडे । काठमाडौंका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए । माइकल लेभिटले २५ रन थप्दा डान डोउथह्वाइटले १९ र शंकर रानाले १६ रन जोडे । 

काठमाडौंको ब्याटिङ धरासायी बनाउन चितवनबाट खेलिरहेका पूर्वपाकिस्तानी बलर तान्विरले पाँच विकेट लिए । काठमाडौंको शीर्ष क्रमका ब्याटरविरुद्ध प्रभावकारी देखिएका तान्विरले स्टेफन एस्किनाजी, गेरहार्ड इरास्मस, भीम सार्की, करण केसी र साहब आलमको विकेट लिए । चार ओभरको स्पेलमा तान्विरले २१ रनमात्र खर्चिए । यसबाहेक, चितजनका कप्तान कुशल मल्ल, रिजन ढकाल, अमर रौटेला र लुक बेन्किन्स्टेनले समान एक विकेट लिए । 

काठमाडौंले दोस्रो ओभरको पहिलो बलमै विकेट गुमाएको हो । काठमाडौंका स्टेफन एस्किनाजीलाई चितवनका सोहेल तान्विरले अमर रौटेलाबाट क्याच गराए । चौथो ओभरको चौथो बलमा काठमाडौंले दोस्रो विकेट गुमायो । काठमाडौंका माइकल लेभिटलाई तान्विरले नै दीपक बोहराबाट क्याच गराए । 

यस्तै, काठमाडौंले पाँचौँ ओभरको चौथो बलमा तेस्रो विकेट गुमायो । चितवनका कप्तान कुशल मल्लले काठमाडौंका गेरहार्ड इरास्मसलाई बोल्ड गरे । चितवनका तान्विरले छैटौँ ओभरको दोस्रो बलमा टिमलाई चौथो सफलता दिलाए । उनले काठमाडौंका भीम सार्कीलाई एलबीडब्लूको धरापमा पारे । काठमाडौंले पाँचौँ विकेट ११औँ ओभरमा गुमायो । १०.३ ओभरमा चितवनका अमर रौटेलाले शंकर रानालाई विकेट किपर विपीन रावलबाट क्याच गराए । 

चितवनले छैटौँ विकेट १४औँ ओभरको पहिलो बलमा लियो । काठमाडौंका राशिद खानलाई चितवनका लुक बेन्केन्स्टाइनले शरद भेषवाकरबाट क्याच गराउँदै पभेलियनको दिशा देखाए । सातौँ विकेट काठमाडौंले १८औँ ओभरको पाँचौँ बलमा गुमायो । चितवनका रिजन ढकालले सुमित महर्जनलाई हसन आइसखिलबाट क्याच गराए । 

यस्तै, आठौँ र नवौँ विकेट काठमाडौंले १९औँ ओभरमा गुमायो । १९औँ ओभरको पहिलो बलमा तान्विरले काठमाडौंका कप्तान करण केसीलाई सन्तोष कार्कीबाट क्याच गराए । सोही ओभरको पाँचाँै बलमा तान्विरले साहब आलमलाई कुशल मल्लबाट क्याच गराए । प्रतियोगितामा दुवै टिमको यो पहिलो खेल हो । आजै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुने तालिका छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro