site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलो दिनमै व्यवस्थापनमा बजारिएको क्यान !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुनुअघि नेपाल क्रिकेट संघ (क्यान) को स्पष्ट प्रतिक्रिया थियो– ‘यसपटक समर्थकको व्यवस्थापनलाई लिएर हामी सजक छौँ । पहिलेभन्दा राम्रो र चुस्त हुन्छ ।’

तर, शनिबारबाट सुरु भएको एनपीएलको पहिलो खेलमै समर्थक व्यवस्थापनमा क्यान नराम्रोसँग बजारियो । प्रतियोगिताको उद्घाटन खेल हप्तादिन अघि टिकट काटेका दर्शकले शनिबार मैदानमा प्रवेश पाएनन् ।

टिकट भएर पनि प्रवेश गर्न नपाएका दर्शकले गेटमा खैलाबैला मच्चाउँदा क्यानका सचिव पारस खड्का नै उनीहरूलाई सान्त बनाउन पुग्नुपरेको थियो । सचिव खड्का र टिकट पाएर पनि खेल हेर्न नपाएका आक्रोशित समर्थकपछिको चर्चाचर्कीको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

Dabur Nepal
NIC Asia

NPL-1-1733058680.jpg
प्रतियोगिताको पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा थियो । टिकट र भिड व्यवस्थापनमा क्यान नराम्रोसँग चुक्दा समर्थक पटकपटक पर्खाल नाघेर मैदान प्रवेश गरिरहेका थिए । प्रतियोगिताअघि क्यानको तर्क थियो– ‘यसपटक गेट भाचिँदैन ।’

तर, शनिबारको खेलको पहिलो इनिङमै मैदान बाहिरका दर्शकले गेट भत्काए । यो भिड नियन्त्रण गर्न प्रहरीले लाठीसमेत चलाएको थियो । यही हुलदंगामा सातजना घाइते भए । यसमध्ये दुईको अवस्था केही चिन्ताजनक थियो । तर, आज यी दुवै खतरामुक्त भइसकेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले बाह्रखरीलाई बताए ।

गल्ती कसको ?

क्यानका अनुसार, उद्घाटन खेलका निम्ति सामान्यतर्फ १० हजारमात्रै टिकट काटिएको थियो । शनिबार मैदानभित्र पुगेका समर्थकको उपस्थिति हेर्दा अनुमान गर्दा पनि १० हजारमात्र थिएनन् भन्ने प्रस्ट थियो ।

खेलका लागि समर्थकले पे वालेट 'खल्ती'मार्फत अनलाइन टिकट काटेका थिए । तर, समर्थकले मैदानभित्र प्रवेश पाउन कीर्तिपुर परिसरबाहिर रहेको खल्तीको स्टलबाट मोबाइलमा क्यूआर देखाएर भौतिक टिकट लिनुपर्ने थियो । यसले पनि भिड बढाउन सहयोग गर्‍यो । 

खेल हेर्न मैदानभित्रको दर्शकदीर्घामा बस्ने स्थानमा पुगेका जति थिए, बाहिर पनि त्यतिकै संख्यामा समर्थकको उपस्थिति थियो । क्यानका प्रवक्ता छुम्बी लामाले टिकट नभएका दर्शकको उपस्थिति बढी हुँदा शनिबार कीर्तिपुर परिसरमा केही समस्या भएको बताए ।

NPL44-1733058677.jpg
“हामीले एक हप्ताअघि टिकटको नोटिस निकालेका थियौँ । त्यसको केही दिनपछि नै हामीले टिकट सोल्ड आउट भइसकेको भनेर पनि विज्ञप्ति निकाल्यौँ । दुई दिनअघि पनि हामीले समर्थकहरूलाई टिकट समाप्त भइसकेको हुँदा घरमै बसेर हेर्न अनुरोध गरेका थियौँ,” प्रवक्ता लामाले बाह्रखरीसँग भने, “तर, पनि शनिबार कीर्तिपुरमा थामिनसक्नु समर्थक आउनुभयो । भिड धेरै हुँदा केही सामान्य घटना पनि भयो । हो, टिकट भएर पनि भित्र जान नपाउनु भएका मान्छेहरू हुनुहुन्थ्यो । उहाँहरूको टिकट रिफन्ड हुन्छ । हामी त्यसका लागि खल्तीसँग छलफल गरिरहेका छौँ ।”

उनले टिकट भएका समर्थक खेल सुरु भइसकेपछि मैदान परिसर पुग्दा भिडका कारण उनीहरू मैदानभित्र जान नपाएको बताए । उनले मैदान बाहिर देखिएको घटनामा क्यानको गल्ती नरहेको पनि जिकिर गरे ।

“खेल सुरु हुने समय १२ः१५ बजे थियो । तर, समर्थकहरू दिउँसो २ बजे मैदान पुगेका थिए । गेटमा एक जनासँग टिकट हुँदा बाँकी २० जनाको भिड टिकट बेगर थिए । बाहिर बसिरहेका १० हजारको संख्यामा उपस्थित दर्शकका कारण टिकट भएकाहरू पनि भित्र छिर्न पाएनन्,” उनले भने, “हामीले टिकट नभए मैदानमा नआउन बारम्बार आग्रह गरेका थियौँ । तर, पनि कीर्तिपुरमा धेरै समर्थक आउनुभयो । त्यसमा क्यानको कुनै गल्ती छैन । हिजोको घटनालाई ध्यानमा राख्दै आगामी दिनमा त्यस्तो हुन नदिन क्यान काम गरिरहेको छ ।”

NPL33-1733058677.jpg
घाइतेमध्ये दुईजना प्रहरी थिए । काठमाडौं प्रहरी परिसरका प्रवक्ता अधिकारीले पनि त्रिविमा शनिबार देखिएको कोलाहलपूर्ण स्थितिको कारण मैदान बाहिर उपस्थित दर्शकलाई देखाए । 

“मैदान वरपरको भिडले शनिबार केही असहज परिस्थिति बन्यो । त्यसमा सातजना घाइते भएका थिए । जसमध्ये पाँचजना डिस्चार्ज भइसकेका छन् । हिजो गम्भीर अवस्थामा रहेको भनिएका पनि अहिले खतरामुक्त छन्,” प्रवक्ता अधिकारीले भने ।

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro