site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिम रोयल्सको ग्याजेट पार्टनरमा एक्स–एज

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र एक्स–एजबीच प्रायोजन सम्झौता भएको छ ।

रोयल्सले ग्याजेट पार्टनरको भूमिकामा एक्स–एजसँग शुक्रबार सम्झौता गरेको हो । सम्झौतामा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र एक्स–एक नेपालका निर्देशक श्रीमान् सवार्थियाले हस्ताक्षर गरे ।

सम्झौतापछि बोल्दै सीईओ खड्काले रोयल्सको एनपीएल यात्रामा सहयात्री बन्न इच्छा देखाएकोमा एक्सएजलाई धन्यवाद व्यक्त गरे । एक्सएजका निर्देशक सवार्थियाले सुदूरपश्चिम रोयल्स एनपीएलमा निकै चर्चित रहेको र साथ दिन पाउँदा खुसी व्यक्त गरे । उनले सुदूरपश्चिमका समर्थकका लागि एनपीएल दौरान विशेष योजना पनि ल्याउने जानकारी दिए ।

सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रूपमा भित्र्याएको थियो । एनपीएलको अवधिभर टोलीले म्यारियट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।

क्यानको‌ आयोजनामा आठ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गतेसम्म एनपीएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  २३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro