site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पञ्चकन्याले ल्यायो नयाँ धारा, नेपालका नदीबाट मोडलको नाम

काठमाडौं । पञ्चकन्या वाथवेयरले जर्मन प्रविधि र उपकरणबाट निर्मित धारा नेपालमा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित प्लास्ट नेपाल एक्स्पो २०२४ मा कम्पनीले घर तथा भवनहरूमा प्रयोग हुने नयाँ धाराहरू सार्वजनिक गरेको हो ।

कम्पनीले ती धारा नेपालका विभिन्न नदीका नामले नामांकन गरेको छ । नेपाली बजारको विशिष्ट आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखी विश्वस्तरीय मानक अपनाएर उच्च गुणस्तरका धारा डिजाइन गरिएको कम्पनीले बताएको छ ।

पञ्चकन्या वाथवेयरका सेल्स हेड बसन्त रिजालले उच्च गुणस्तरका यी फरक–फरक धाराहरूमा नेपालीपन झल्काउन नेपालका नदीको नाम दिइएको बताए । “विभिन्न मोडलको जति पनि नाम छ त्यो नेपालका नदीको नामले राखेका छौँ । नेपालकै लागि भनेर नयाँ डिजाइन गरेका छौँ र धारा भन्ने बित्तिकै पानीसँग जोडिने भएकाले नदीको नाम दिँदै नेपालीपन लिएर आएका छौँ,” उनले भने ।

यस्तै, नेपालमै पहिलोपटक विशेष डिजाइन र रङ (गन मेटल)बाट निर्मित धारा पनि ल्याइएको र त्यसलाई कोसी नाम दिइएको उनले बताएका छन् । “यो विशेष रङ र डिजाइनको धारा नेपालमा आएको छैन । यो गन मेटल हो । यसको सबै उपकरणहरू पार्ट्सहरू जर्मनीबाटै ल्याइएको हो । सबै मोडलको डिजाइन छुट्टाछुट्टै छ र सोहीअनुसार नेपालका नदीको नाम दिइएको छ,” कम्पनीका सेल्स हेड रिजालले भने ।

पञ्चकन्याका यी धाराहरूको नाम महाकाली, सेती, गन्डकी, कोसी, कन्काइ, राप्ती, मेलम्ची, सोलुलगायत रहेको छ । ग्राहकले आफूलाई मनपर्ने डिजाइन एवं नामका आधारमा गुणस्तरीय धारा खरिद गर्नसक्ने उनले बताए ।

उच्च गुणस्तरको ब्रासबाट बनाइएकाले यी धारा लामो समयसम्म चल्ने र टिकाउ हुने कम्पनीको भनाइ छ । ग्राहक सन्तुष्टि सुनिश्चित गर्न आफ्नो उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्डहरूको पूर्ण पालना गरिएको कम्पनीको दाबी छ ।

कम्पनीले नेपालभर आफ्ना उत्पादनको उपलब्धताको लागि आगामी नेपाली आर्थिक वर्षको अन्त्यसम्म देशभर एकसय वितरकलाई आफ्नो नेटवर्कमा सामेल गराउने योजना रहेको बताएको छ । नेपालको प्रमुख सेनेटरी एवं धारा ब्रान्डमध्येको पञ्चकन्या वाथवेयरले उच्च गुणस्तरका उत्पादन मात्रै बजारमा ल्याउने गरेको बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro