site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपनिर्वाचन : तिलागुफा–४ मा यस्तो छ तयारी

मान्म (कालीकोट) । कालीकोटको तिलागुफा नगरपालिका–४ मा यही मंसिर १६ गते हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । तिलागुफा–४ को वडाध्यक्षको निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले बताए । उनका अनुसार निर्वाचनका लागि एक मतदान अधिकृत, एक सहायक निर्वाचन अधिकृत, दुई सहायक कर्मचारी र एक सहयोगी मतदान केन्द्रका खटिएका छन् । 

निर्वाचनका लागि आज सर्वदलीय बैठक बसेर निर्वाचन आचारसंहिता प्रचारप्रचारको मौन अवधि बिहीबार राति १२ बजेदेखि लागु हुने विषयमा जानकारी गराइने निर्वाचन अधिकृत मल्लले जानकारी दिए ।

उपनिर्वाचनका लागि आवश्यक  सुरक्षाकर्मीको  व्यवस्थापन गरी उपनिर्वाचनको तयारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  तिलागुफा–४ मा एक मतदान केन्द्र रहेको र यसमा ६०९ मतदाता छन् ।

वडाध्यक्ष पदमा नेपाली कांग्रेका पैलबहादुर शाही, नेकपा (एमाले)का ऐनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका खड्कबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बम, नेकपा (माओवादी केन्द्र)का नैसोभा शाहीले उमेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लक्ष्मणबहादुर शाहीले बताए । तिलागुफा–४ का तत्कालीन वडाध्यक्ष परबहादुर शाहीको २०७९ साल असोज २४ गते पहिरोमा परेर निधन भएको थियो । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro