site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपालमा

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगका लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज नेपाल आइपुगेका छन् । सोमबार नेपाल आइपुगेका हजलाई विमानस्थलमा टोलीका मालिक स्वतन्त्र प्रताप शाहले स्वागत गरे ।

अस्ट्रेलियाबाट खेलेका उनीसँग विश्वभरका फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।

Dabur Nepal
NIC Asia

सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अस्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ।

रोयल्सले आफ्नो कोटाका चार विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ । रोयल्सले ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड) र रोहन मुस्तफा (यूएई) लाई टिममा समावेश गरेको छ ।

सुदूरपश्चिम रोयल्सले आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठलाई अक्सनमार्फत टिममा भित्र्याएको थियो । ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ । अर्जुन र नरेन भने हाल यू–१९ टोलीमा व्यस्त छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  २३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro