site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक 

काठमाडौं । नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा गृहमन्त्री रमेश लेखकको उपस्थितिमा लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक गरिएको हो ।

कार्यक्रमबाट कबड्डी लिगको पहिलो संस्करणका लागि ६ वटा फ्रेन्चाइज सहरहरूको नाम पनि सार्वजनिक गरिएको छ । जसमा काठमाडौं, पोखरा, विराटनगर, जनकपुर, धनगढी र बुटवल छन् ।

लोगो सार्वजनिक कार्यक्रममा एस्ट्रियोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमित बेगानीले लिगलाई लिएर आफूहरू निकै उत्साहित रहेको बताए ।

गृहमन्त्री लेखकले आफू कबड्डीको ठूलो प्रशंसक रहेको बताए । "जब म हुर्किरहेको थिएँ, त्यतिबेला अरू खेलहरू उपलब्ध थिएनन् । कबड्डी नै मेरो पहिलो खेल थियो । मैले खेलको सुरुवात यहीबाट गरेको हुँ । नेपाल कबड्डी लिगलाई म हार्दिक शुभकामना दिन चाहन्छु,” उनले भने ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, कमल कुमार बेगानी, अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापा, अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द कुमार झा र कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतको उपस्थिति थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro