site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
‘घुस आरोपले भारतीय धनाढ्य अडानी समूहलाई धक्का’
गौतम अडानी । फाइल तस्बिर ।

नयाँ दिल्ली । विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाढ्य गौतम अडानीलाई आफ्नो विश्वव्यापी ऊर्जा र पूर्वाधार साम्राज्य विस्तार गर्ने तीव्र प्रयासमा अमेरिकी घुसखोरीको आरोपले धक्का दिएको छ ।

कैयौँ बहुराष्ट्रिय कम्पनीका मालिक तथा अडानी समूहका अध्यक्ष समेत रहेका उनी र उनको समूहलाई आरोपले क्षणिक रूपमा क्षति पुर्‍याएको र आर्थिक पुनरागमन गर्न लामो समय नलाग्ने विश्लेषकले बताएका छन् ।

Dabur Nepal
NIC Asia

अडानी र उनका सहयोगीले आकर्षक सरकारी सम्झौताका निम्ति २५ करोड अमेरिकी डलरभन्दा बढी घुस दिएको दाबी गर्दै न्युयोर्कमा बुधबार भएको दोषारोपणले उनको कम्पनीको स्टकको उन्मादपूर्ण बिक्रीलाई प्रभावित पारेको छ ।

न्युयोर्कमा घुस दिएको दाबी गरिएको केही घण्टाभित्रै भारतका विपक्षी नेता राहुल गान्धीले अडानीलाई पक्राउ गर्न माग गरेका थिए । आरोपपछि केन्याका राष्ट्रपति विलियम रुटोले करिब २.५ अर्ब अमेरिकी डलरबराबरको विमानस्थल र बिजुली सम्झौता रद्द गरेको घोषणा गरेका छन् ।

अडानी समूहले घुसखोरीको आरोपलाई ‘आधारहीन’ भन्दै खारेज गरेको छ । तर, कर्पोरेट गभर्नेन्स एडभाइजरी फर्म इनगभर्न रिसर्च सर्भिसेजका संस्थापक श्रीराम सुब्रमण्यमले यसको ‘ठूलो’ प्रभाव रहेको बताएका छन् ।

सुब्रमण्यमले बैंगलुरुबाट एएफपीसँग भने, “उनीहरूले अपिल गरेर आफ्नो रक्षा गर्नेछन् वा नयाँ सम्झौताका लागि जानेछन् ।”

उनले भने, “यो आफूहरूको प्रतिष्ठा र कर्पोरेट गभर्नेन्स अभ्यासका निम्ति ठूलो धक्का हो ।” रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro