site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायली निकासी आदेशपछि बेरुतमा आक्रमण

बेरुत । इजरायलले निकासी आदेश जारी गरेको  केही समयपछि हिजबुल्लाह लडाकुहरूको गढ बेरुतको दक्षिणी उपनगरमा आक्रमण गरेको लेबनानी  मिडिया र एएफपीटीभी फुटेजले शुक्रबार जनाएका छन् ।  

लडाकु विमानहरूले दक्षिण बेरुतमा दुईवटा छापा मारेपछि लेबनानी विश्वविद्यालयको छेउछाउबाट बाक्लो धुवाँ उडिरहेको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

इजरायली सेनाले तिनवटा स्थान खाली गर्न आदेश दिए पछि सामाजिक सञ्जालमा आक्रमणको चेतावनी दिँदै एएफपीटीभीको प्रत्यक्ष फुटेजले यस क्षेत्रको  अवस्था देखाएको थियो ।

यस लगतै इजरायली सेनाले विज्ञप्तिमार्फत लडाकू जेटहरूले बेरुतको दक्षिणी उपनगरहरूमा आक्रमणको नयाँ चरण पूरा गरेको जनाएको छ ।

बेरुत र लेबनानको दक्षिण तथा पूर्वका अन्य क्षेत्र पछिको इजरायली आक्रमणमा इजरायलले इरान समर्थित हिजबुल्लाह लडाकुहरूलाई लक्षित गरेको बताएको छ ।

गाजा द्वन्द्वलाई लिएर इजरायल र हिजबुल्लाहबीच ११ महिनाभन्दा बढीको सीमापार लडाइँ सेप्टेम्बरमा पूर्ण युद्धमा परिणत भएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली हमलामा कम्तीमा ५२ जनाको र लेबनानको पूर्वमा करिब ४० को मृत्यु भएको जनाएको छ ।

इजरायली सेनाले शुक्रबार तटीय सहर टायर र नजिकैको बुर्ज अल–शेमाली प्यालेस्टिनी शरणार्थी शिविरका केही भागहरूका लागि निकासी चेतावनी पनि जारी गरेको थियो ।

इजरायल हिजबुल्लाह युद्धको अन्त्यका लागि मध्यस्थता गर्न अमेरिकी दूत अमोस होचस्टेनले बुधबार बेरुतको भ्रमण समाप्त गरेपछि लेबनानमा आक्रमणको गति बढेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार सन् २०२३ अक्टोबर देखिको हिंसामा कम्तीमा तीन हजार ५८३ जनाको मृत्यु भएको जनाएको जसमध्ये अधिकांश मृत्यु यस वर्षको सेप्टेम्बरदेखि भएको हो । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro