site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बढी कर तिर्नेलाई राजस्व कार्यालय हेटौँडाको सम्मान

काठमाडौं । आन्तरिक राजस्व कार्यालय हेटौँडाले कर सप्ताहको समापनसँगै सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातालाई सम्मानपत्र प्रदान गरेको छ । शुक्रबार आयोजना गरिएको कर सप्ताह समापन कार्यक्रममा बढी आयकर दाखिला गर्ने करदातालाई सम्मान गरिएको हो ।

समग्र क्षेत्रतर्फ निक–लुम्बिनी विद्युत् जे.भी., उद्योग क्षेत्रतर्फ यति पेन्ट्स नेपाल प्रा.लि., व्यापार क्षेत्रतर्फ न्यू ब्रदर हार्डवेयर, शैक्षिक क्षेत्रतर्फ हेटौँडा स्कुल अफ म्यानेजमेन्ट एन्ड सोसियल साइन्सेस एजुकेशन प्रा.लि., बैंक तथा वित्तीय संस्थातर्फ पालुङ बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, अन्तःशुल्कतर्फ गोरखा लाहारी प्रा.लि.लाई सम्मानपत्र हस्तान्तरण गरिएको हो ।

Argakhachi Cement Island Ad

यस्तै, मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ मकवानपुर र चेम्बर अफ कमर्श मकवानपुरलाई कर सहभागितामा पु¥याएको योगदानको लागि सम्मान गरिएको छ भने नेपाल रेडक्रस सोसाइटी मकवानपुरलाई पनि सम्मान गरिएको छ ।

यी कम्पनी र संस्थाका सञ्चालक तथा प्रतिनिधिलाई कार्यालयका प्रमुख कर अधिकृत युक्त सुवेदीले सम्मान पत्र  हस्तान्तरण गरेका हुन् ।

यस्तै, कर सप्ताहको तेस्रो दिन आयोजना गरिएको खुल्ला निबन्ध प्रतियोगिताका विजेता हेटौँडा स्कुल अफ म्यानेजमेन्टकी छात्रा प्रतिभा भट्टराई (प्रथम), सलिना धिताल (द्वितीय) र स्नेहा उप्रेती (तृतीय)लाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको छ ।

कार्यक्रमका विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले करको दायरामा आएर राज्यप्रतिको दायित्व बहन गरेकामा करदातालाई धन्यवाद दिएका थिए । प्रमुख कर अधिकृत सुवेदीले कार्यक्रमको समापन मन्तव्य राख्दै कर दिवस एवं सप्ताहलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरे । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १९:१९
प्रतिक्रिया दिनुहोस्