site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार र शिक्षकहरूबीचको आजको वार्ता पनि निष्कर्षविहीन, भोलि टुंग्याउने तयारी

काठमाडौं । सरकार र शिक्षकहरूबीचको वार्ता मंगलबार पनि निष्कर्षविहीन भएको छ । मंगलबार सिंहदरबारमा शिक्षामन्त्री रघुजी पन्तसहित महासंघका पदाधिकारी वार्तामा बसेका थिए ।

भोलि टुंग्याउने गरी आजलाई वार्ता सकिएको नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले जानकारी दिए  "सरकारसँगको आजको वार्ता सकिएको छ । हामी छलफलकै क्रममा छौँ, निष्कर्ष हुन्छ," उनले भने, "भोलि टुंग्याउनेछौँ ।"

उनले सरकारसमक्ष नौबुँदे प्रस्ताव पेस गरेको बताए । "सरकारसमक्ष नौबुँदे प्रस्ताव पेस गरेका छौँ । यसमा आज छलफल भयो । यसका लागि भोलि बिहान महासंघको बैठक बस्नुपर्ने भयो । भोलि दिउँसो २ बजे सहमतिमा हस्ताक्षर हुन्छ," उनले भने ।

महासचिव थापाका अनुसार, हस्ताक्षरपछि आन्दोलनको मोडालिटी परिवर्तन गरिनेछ । "हस्ताक्षरपछि आन्दोलनको मोडालिटी परिवर्तन गरिनेछ । मोडालिटी कस्तो हुने भन्नेबारे भोलि बिहानको बैठकले निर्णय गर्छ," उनले भने ।

आजको वार्तामा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।

महासंघले विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलबको ग्यारेन्टी, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, दुर्गम भत्ता व्यवस्था गर्ने, शिक्षकहरूको ग्रेड समायोजन गर्ने, मर्यादा क्रममा शिक्षकहरूलाई समेट्ने, शिक्षकको उपचारमा छुटको व्यवस्था गर्ने, निमावि प्रथम र मावि द्वितीयको तलबमा एकरूपता ल्याउने विषयलाई शिक्षक महासंघले वार्तामा उठाएको छ ।

शिक्षकहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  २२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro