site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रभु केवलकारले ३० करोड बराबरको आईपीओ निष्कासन गर्ने

काठमाडौं । प्रभु केवलकारले ३० करोड बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने कार्य अगाडि बढेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएसँगै प्रक्रिया अगाडि बढेको हो ।

सोमबार प्रभु केवलकारका अध्यक्ष भोजकुमार खड्का र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।

Argakhachi Cement Island Ad

प्रभु केवलकारमा प्रभु ग्रुप एन्ड कम्पनीजअन्र्तगतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङस् एन्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाइड्रो होल्डिङस् एन्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एन्ड हाइड्रो इक्युपमेन्ट इन्डस्ट्रिज लिमिटेड गरी चार कम्पनीको मुख्य लगानी छ ।

प्रभु केवलकारको लगानीमा तीन वटा केवलकार परियोजना अगाडि बढेका छन् । जसमध्ये बुटवलमा भगवान गौतमबुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केवलकार परियोजना गत असोजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आइसकेको छ ।

प्रभु केवलकार एनड टुरिजम लिमिटेड नै उक्त सिद्धार्थ केवलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो । यो केवलकार बुटवलस्थित फुलबारीपार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ । यही कम्पनीको लगानीमा सुदूरपश्चिमस्थित बाजुराको बडीमालिका मन्दिर र चितवनको इच्छाकामना मन्दिरमा निकट भविष्यमा केवलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्