site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमको ट्यालेन्ट हन्ट सम्पन्न

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगका लागि आइतबार ट्यालेन्ट हन्ट सम्पन्न गरेको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा सञ्चालन गरिएको ट्यालेन्ट हन्टमा प्रदेशभरिका युवाहरूको उत्साहजनक उपस्थिति रहेको सुदूरपश्चिम रोयल्सका मुख्य कार्यकारी अधिकृत प्रकाश खड्काले बताए ।

नेपाल क्रिकेट संघ क्यानले एनपीएलका लागि हरेक फ्रेन्चाइज टोलीले ट्यालेन्ट हन्टबाट एउटा आइकोनिक खेलाडी छनोट गर्नुपर्ने प्रावधान राखेको छ ।

छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटालगायत प्राविधिक टोली शनिबार नै धनगढी पुगिसकेको थियो । सहभागी हुन सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट २०० भन्दा बढी युवा खेलाडीहरूले नाम दर्ता गराएका थिए । खेलाडीको नाम भने क्यानबाट स्वीकृति प्राप्त गरेपछि सार्वजनिक गरिने छ ।

सुदूरपश्चिम रोयल्सले केहीदिन धनगढीको फाप्ला खेलमैदान र कञ्चनपुरको महेन्द्रनगरमा बन्द प्रशिक्षण थाल्ने छ । त्यसपछि टिम पहिलो संस्करणको एनपीएलमा सहभागी हुन काठमाडौं आउने छ ।

स्वतन्त्र प्रताप शाह टिम मालिक रहेको सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दीपेन्द्रसिंह ऐरी छन् । सुदूरपश्चिमका खेलाडीलाई बढीभन्दा बढी मौका दिने गरी टिम तयार गरेको र आफ्नो टिमले उत्कृष्ट नतिजा ल्याउने सुदूरपश्चिम रोयल्सका मालिक शाहले बताए ।

रोयल्सले आफ्नो कोटाका चार विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ । ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई) लाई टिममा समावेश गरेको छ । त्यस्तै, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठलाई अक्सनमार्फत टिममा भित्र्याएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  २०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro