site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसी र गण्डकी प्रदेशका केही भू–भागमा वर्षाको सम्भावना 
फाइल तस्बिर । 

काठमाडौं । देशका केही भू–भागमा आज हिमपात र वर्षाको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान गण्डकी प्रदेश र कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका थोरै भू–भागहरूमा हल्का हुस्सु लागेको छ ।

विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

विभागले राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागका अनुसार हाल देशभर पश्चिमी र पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ०६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro