site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ह्वाइट हाउसलाई सल्लाह र निर्देशन दिने जिम्मेवारी एलन मस्क र विवेक रामाश्वामीलाई
Tiktok banner adTiktok banner ad

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति एलन मस्क र रिपब्लिक पार्टीबाट यसअघि राष्ट्रपति पदका उमेदवार समेत बनेका विवेक रामास्वामीलाई सरकारको कार्यकुशलता विभागको जिम्मेवारी दिएका छन् । ट्रम्पले मंगलबार घोषणा गरेको यो नयाँ विभाग सरकारी निकाय भने होइन ।

मस्क र रामास्वामीले बाहिरबाटै ह्वाइट हाउसलाई ‘सल्लाह र निर्देशन’ दिने र व्यवस्थापन तथा बजेट कार्यालयसँग मिलेर काम गर्ने ट्रम्पले बताएका छन् । यी दुवै जनाले संरचनात्मक सुधार र सरकारमा पहिले कहिले नदेखिएको उद्यमशीलताको वातावरण सिर्जना गर्ने भनिएको छ । यो कदमले सरकारी संयन्त्रलाई चकित पार्ने ट्रम्पको दाबी छ ।

यी दुईले सरकारी कर्मचारीतन्त्रको छाँटकाट गर्ने, अनावश्यक नियम घटाउने, खर्च कटौती गर्ने र संघीय निकायको पुर्नसंरचना गर्न आफ्नो प्रशासनलाई मार्ग प्रशस्त गर्ने ट्रम्पले बताएका छन् ।

मस्कले आफ्नो विभागबाट गरिएका सबै कामको कागजात सामाजिक सञ्जाल एक्समा पूर्ण पारदर्शीताका लागि राखिने बताएका छन् । त्यसैका आधारमा नागरिकले काम सही भएको वा गलत भएको भनेर प्रतिक्रिया दिनसक्ने उनले एक्समा लेखेका छन् ।

अमेरिकी करदाताको पैसा अनावश्यक खर्च भइरहेको ठाउँमा कटौती गर्ने र यो रमाइलो र दुखद अवस्था हुने मस्कले बताएका छन् । रामास्वामीले पनि यसमा प्रतिक्रिया दिँदै आफूहरु नरमरुपमा अघि नबढ्ने बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro