site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अर्जेन्टिनी प्रशिक्षक साम्पाओली रेनेसको जिम्मेवारीमा

काठमाडौं । चिलीका पूर्वप्रशिक्षक जर्ज साम्पाओली फ्रेन्च क्लब रेनेसको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

यसअघि, रेनेसले गत बिहीबार तत्कालीन मुख्य प्रशिक्षक जुलियन स्टेफनलाई बर्खास्त गरेको थियो । नयाँ सिजनमा खराब लयबाट गुज्रिएको रेनेसले स्टेफनको प्रशिक्षणमा १० खेल खेल्दा तीन खेलमा मात्र जित निकालेको थियो ।

Dabur Nepal
NIC Asia

रेनेसले नयाँ प्रशिक्षक साम्पाओलीसँग सन्र २०२६ सम्मको सम्झौता गरेको छ । अर्जेन्टिनी प्रशिक्षक साम्पाओलीले यसअघि सन् २०१२ देखि २०१६ सम्म चिलीको प्रशिक्षण सम्हालेका थिए । उनले सन् २०१५ मा चिलीलाई कोपा अमेरिकाको उपाधिसमेत दिलाएका थिए । यस्तै, उनले सन् २०१७ देखि २०१८ सम्म अर्जेन्टिनाको समेत प्रशिक्षण सम्हालेका थिए ।

“साम्पाओली र उनको टोलीसँग एउटा समूहलाई कसरी व्यवस्थित गराउन सकिन्छ भन्ने भिजन छ,” साम्पाओलीसँगको सम्झौताबारे खुलाउँदै रेनेसका निर्देशक अर्नाउड पाउलीले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro