site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से ११ अंकले घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ११.२४ अंकले घटेको छ । नेप्से ०.४० अंकले घटेर २७४८.९६ को विन्दुमा झरेको छ ।

यस दिन एक करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर सात अर्ब ८५ करोड ९७ लाख रुपैयाँमा किनबेच भयो । सोमबार (हिजो) दुई करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

मंगलबार सबैभन्दा धेरै कमाउने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र मेन्छियम हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउने गुडविल फाइनान्स लिमिटेडको सेयर मूल्य ९.३६ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये तीनवटाको मात्र समूहगत परिसूचक बढेको छ ।

आज ८० कम्पनीको सेयर मूल्य बढेको छ । १५७ कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro