site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रवि लामिछानेलाई भैरहवा लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देहीको भैरहवा लगिएको छ । सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा प्रहरी हिरासतमा रहेका उनलाई मंगलबार कास्कीको पोखराबाट भैरहवा लगिएको हो । बुद्ध एयरको विमानमार्फत उनलाई भैरहवा लागिएको रास्वपा नेताहरूले जनाएका छन् ।

बुटवलमा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि उनी मुछिएका छन् । सोही आरोपमा त्यहाँ उनको बयान लिइनेछ । बयान लिएपछि उनलाई कास्की नै पठाइने रुपन्देही प्रहरीले जनाएको छ ।

सुप्रिम सहकारीबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी तरिकाले लगेको पाइएको छ । उक्त सहकारीबाट एक करोड ९६ लाख लामिछानेकै नाममा रहेको बैंक खातामा गएको देखिएको छ ।

यही कात्तिक २ गते उनलाई काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पक्राउ गरी उनलाई पोखरा लगिएको थियो ।

उनीमाथि अनुसन्धानका निम्ति कास्की जिल्ला अदालतले पछिल्लोपल्ट १३ दिन म्याद थप गरेको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा उनीमाथि अनुसन्धान जारी छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले लामिछानेलाई कारबाही सिफारिस गरेको थियो । समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१ गते सभामुख देवराज घिमिरेलाई बुझाएको थियो । उक्त प्रतिवेदन गृह मन्त्रालयले असोज पहिलो साता प्रहरीलाई कार्यान्वयनका निम्ति पठाएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro