site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नागढुंगाबाट ३५६ ग्राम सुनसहित कनैया लाल पक्राउ

काठमाडौं । तीन सय ५६ ग्राम सुनसहित प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश गोन्डा जिल्लास्थित कान्जे मोउ बस्ने २७ वर्षीय कनैया लाल रहेका छन् ।

उनलाई काठमाडौंस्थित नागढुंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

बुटवलदेखि काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६८५८ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा उनलाई सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, कनैया लालले गुप्तांगमा कार्बनको कागज बाहिर खैरो रङको टेपले बेरेर सुन ल्याएका थिए ।

घटनाबारे प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro