site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बस्नै छाडे संसदीय समिति पनि ! सांसदहरू ‘फेस्टिभ मुड’ मै 
फाइल तस्बिर

काठमाडौं । चाडपर्व र सांसदहरूको जिल्ला दौडाहाका कारणले डेढ महिनादेखि प्रभावित बनेका छन् । केही समितिहरूको बैठक राख्ने तयारी गरिएको छ भने केही अझै बस्ने सुरसारमा छैनन् । 

गएको भदौ ३१ गते संसद्को चौथो अधिवेशन अन्त्य भएपछि नै सांसदहरू ‘फेस्टिभ मुड’ मा देखिएको थिए । प्राकृतिक विपत्तिमा समेत संसदीय समिति प्रभावकारी नभएको आलोचना भएको थियो ।

कोरम नपुगेका कारण दसैँ र तिहारबीचको अवधिमा बैठक राख्न नसकिएको गुनासो गरेका समिति सभापतिहरूले बैठक राख्ने तयारी गरेका हुन् ।

कार्तिक ६ गते सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा समिति सभापतिहरूले बैठक राख्न कोरम नपुगेको गुनासो गरेका थिए । सभामुखले आगामी अधिवेशनमा विधेयक अभाव हुन नदिन निर्देशन दिएका थिए । 

छठको समापन भएपछि चाडबाड सकिएको छ । समिति सभापतिहरू अब लगातार बैठक राख्ने बताउँछन् । सांसदहरूलाई बोलाउँदै धमाधम बैठक राख्ने तयारी भएको उद्योग वाणिज्य तथा उपभोक्ता समिति सभापति अब्दुल खानले जानकारी दिए । 

आउँदो आइतबार उपसमितिको बैठक बोलाएको जानकारी उनले दिए । “कांग्र्रेस, एमालेले आफ्ना माननीयलाई बोलाउने कुरा गरेका छन् । सबै पार्टीका माननीयहरू रहनुभएको कार्यसम्पादन उपसमितिको बैठक आइतबार बोलाइएको छ ।  त्यसपछि लगातार समितिको बैठक राख्छौं,” उनले बाह्रखरीसँग भने ।

निरन्तर बैठक राखेर समितिमा रहेको विधेयक पारित गर्ने उनले सुनाए । अर्थ समितिको बैठक पनि आइतबार बोलाइएको छ । समिति सभापति सन्तोष चालिसेले पाइप लाइनमा भएका विधेयकमाथि छलफल थालिने बताए । 
“पाइप लाइनमा ५ वटा विधेयक छन् । चाडबाड सकियो अब निरन्तर बैठक बस्छौं,” उनले भने । 

शिक्षा समितिका सभापति अम्बरबहादुर थापा भने गृहजिल्लामा छन् । केही दिनमा फर्किने र बैठक राखिने उनले बताए । 

“दसँै लगत्तै बैठक राख्ने तयारी गरेको थिए । ३ जनाभन्दा बढी माननीयहरू हुनुभएन । अब त जिल्लामा रहेका माननीयहरू पनि फर्कने बेला भयो । म पनि जिल्लामा नै छु । अब केही दिनमा फर्कन्छु,” उनले भने ।
 
उपसमिति बनाएर काम गर्ने तयारीमा आफू रहेको सुनाए । “समितिको बैठक २९–३० गते बस्छ । उपसमिति बनाएर काम गर्ने गरी ड्राफ्ट बनाउँदैछु,” समिति सभापति थापाले भने ।

राज्यव्यवस्था तथा सुशासन समितिको बैठक कार्तिक २६ गतेका लागि बोलाइएको छ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकमाथि छलफल गर्ने तय भएको छ । 

कुन समितिमा कति विधेयक ?

प्रतिनिधिसभाका समितिमा १५ वटा विधेयक विचाराधीन छन् । 

राज्य व्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, संघीय निजामती सेवा विधेयक छ । 

अर्थ समितिमा भन्सार विधेयक, बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक छ । 

शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक छ ।

कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक छ । पूर्वाधार समितिमा विद्युत् र जलस्रोत विधेयक छ । उद्योग समितिमा विद्युतीय व्यापार विधेयक छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro