site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेबनानमा इजरायली हवाई आक्रमणमा तीनजनाको मृत्यु, ३० घाइते
तस्बिर : एएफपी ।
Tiktok banner adTiktok banner ad

बेरुत । इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीनजनाको मृत्यु भएको छ । ३० जना घाइते भएका लेबनानी सेना स्रोत र स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुई इजरायली लडाकु विमानले मध्य टायरका दुई भवनमा आक्रमण गरेका थिए । त्यसबाट आगलागी भएको र नजिकैको अपार्टमेन्टहरूमा ठूलो क्षति पुगेको छ ।

राष्ट्रिय समाचार एजेन्सी (एनएनए)ले एम्बुलेन्समार्फत घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा पुर्‍याइएको जनाएको छ ।

मृत्यु हुनेको संख्या बढ्ने अनुमान गर्दै अस्पतालहरूले रक्तदानका निम्ति तत्काल आह्वान गरेका थिए ।

सिभिल डिफेन्स अफ द इस्लामिक मेसेज स्काउट्सले भग्नावशेषबाट तीनजनाको जीवितै उद्धार गरिएको र अरूलाई खोज्ने प्रयास जारी रहेको जनाएको छ ।

लेबनानमा इजरायली हवाई आक्रमणमा परी सन् २०२३ अक्टोबर ८ देखि तीन हजार ११७ व्यक्तिको मृत्यु र १३ हजार ११८ जना घाइते भएका छन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro