site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पूर्ण बहादुरको सारङ्गी’ले इतिहास कोर्ने भन्दै ‘मिसिङ केटी हराएको सूचना’को प्रदर्शन स्थगन

काठमाडौं । चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’को प्रदर्शन  मिति स्थगन भएको छ । कात्तिक ३० गते प्रदर्शन हुने भनिएको चलचित्र अर्को मिति तय नभएसम्मका लागि स्थगन भएको हो । 

प्रदर्शनरत चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ इतिहास कोर्ने  बाटोमा रहेको भन्दै ‘मिसिङ : केटी हराएको सूचना’ले प्रदर्शन मिति पछि सारेको हो । 

इतिहास निर्माण गर्ने बाटोमा रहेको चलचित्रलाई सहयोग गर्न आवश्यक रहेको निर्माणपक्षले जनाएको छ । अहिले ‘पूर्ण बहादुरको सारङ्गी’को शो बाँडफाँट हेर्दा उसलाई सहयोग गर्न आवश्यक रहेको ‘मिसिङ : केटी हराएको सूचना’को निर्माणपक्षले विज्ञप्ति जारी गर्दै जनाएको छ । 

‘मिसिङ : केटी हराएको सूचना’ दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको चलचित्र हो । 

यसमा सृष्टि श्रेष्ठ र नाजिर हुसेन मुख्य भूमिकामा छन् । ‘मिसिङ : केटी हराएको सूचना’ कहिले प्रदर्शन गर्ने निर्णय गरेर सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro