site stats
बाह्रखरी :: Baahrakhari
देश
सुर्खेतमा गाडी दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु, २५ घाइते

काठमाडौं । सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्य भएको छ । शुक्रबार अपराह्न सुर्खेतको वीरेन्द्र नगरपालिका–१४ स्थित रातानाङ्लामा भएको दुर्घटनामा घटनास्थलमै उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले बाह्रखरीलाई जानकारी दिए । 

उनका अनुसार, अन्य २५ जना घाइते भएका छन् । उनीहरूको कर्णाली प्रदेश अस्पतालमा सुर्खेतमा उपचार भइरहेको छ ।

दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी दुर्घटनामा परेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्