site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हवाई यात्रुको गुनासो– जुन सरकार आए पनि ठगिने हामी नै !

काठमाडौं । दिल्ली जान लागेको काठमाडौंका प्रविन थापाले हवाई भाडावापत ३९ हजार तिर्नुपर्‍यो । दिल्ली आऊजाऊ गरिरहने थापा गत महिना २१ हजारमा दिल्ली उडेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै रोजगारीका लागि आवुधावी जान लागेका सप्तरीका सविर आलमले यसपटक हवाइ भाडावापत ८४ हजार तिर्नुपर्‍यो । यसअघि ३५/४० हजार लाग्ने भाडा यसपटक दोब्बर तिर्नुपरेपछि उनी आक्रोशित थिए । 

tia-(13)-1731066020.jpg
 

Dabur Nepal
NIC Asia

“पहिला मैले ४० हजारमा टिकट काटेको हो । एक महिनाअघि काट्दा पनि त्यसको मूल्य ८४ हजार तिर्नुपर्‍यो । अब त काट्ने हो भने त टिकट नै पाइँदैन,” उनले भने, “टिकटको मूल्य दोब्बर हुँदा पनि सरकारलाई कुनै चासो छैन ।”

नागरिक उड्ड्यन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टाले उडान कटौती भएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने अधिकांश यात्रुहरूको गुनासो उस्तै छ ।

tia-(11)-1731066019.jpg
 

हवाई टिकटको मूल्य अकासिएको छ । “गत महिना डोमेस्टिक एयलाइन्सको भाडा अचाक्ली थियो । अब इन्टरनेसनलको उस्तै छ,” दिल्ली जान लागेका थापा भन्छन्, “जुन सरकार आएपनि ठग्ने नै भए । यहाँ जसले जे गरेपनि सरकारले केही गर्दैन ।”

नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल छन् । त्रिभुवन, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल । त्रिभुवनबाहेक अन्य दुई क्षेत्रीय विमानस्थलमा उडान छैन । पूर्वाधारमा अर्बौ खर्च गरेपनि उक्त विमानस्थल आम्दानी शून्य छ । चल्ने एउटै विमानस्थल पनि १० घण्टा बन्द गरेपछि त्यसले नेपालको हवाई क्षेत्र अस्तव्यस्त भएको छ । 

tia-(12)-1731066019.jpg
 

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएनका अध्यक्ष दीपक थापा नेपालबाट अन्तर्राष्ट्रिय हवाई भाडामा अस्वभाविक रुपमा वृद्धि भइरहेको र यसमा एयरलाइन्स कम्पनीहरू र केही ट्राभल एजेन्सीहरूको हात ठूलो हात रहेको बताउँछन् ।

“गरिब श्रमिकहरू सामान्यभन्दा चार गुणा बढी हवाई मूल्यमा टिकट किन्न बाध्य बनाएको छ । यस विषयमा सरकारले कडा कदम चाल्न जरुरी छ,” उनले भने ।

tia-(9)-1731066018.jpg
 

क्यानका महानिर्देशक प्रदीप अधिकारीको ‘हठ’ले मुख्य विमानस्थल १० घण्टा बन्द हुँदा टिकट मूल्य दोब्बर/तेब्बरसम्म पुगेको छ । पर्यटकले होटल बुकिङ रद्द गर्न थालेका छन् । कोभिड–१९ पछि भर्खरै तग्रिन लागेको पर्यटन क्षेत्रलाई अधिकारीकौ ‘हठ’ कारण पुन धरासयी हुने अवस्थामा पुग्न लागेको व्यवसायीहरूको आरोप छ ।

कात्तिक २३ गतेबाट चैत्र १८ गतेसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुनेछ । बेलुकी १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्ने निर्णय गरेपछि यसले अन्तर्राष्ट्रिय उडानहरूको सेड्युल अस्तव्यस्त हुँदैछन् । १० घण्टा भन्दा केही कम गरेर पनि उडान सहज गर्न सकिनेमा क्यानले कुनै ध्यान नदिइ त्यसमा लागेका छन् । सत्तारुढ कांग्रेसकै सांसद राजेन्द्र बजगाईं समयमा केही कम गर्न सक्ने भएपनि क्यानले त्यसमा ध्यान नदिएको बताउँछ ।  

tia-(10)-1731066018.jpg
 

विज्ञहरूका अनुसार, १० घण्टालाई केही कम गरेर पनि विमानस्थलको ‘ट्याक्सी वे’ विस्तार गर्न सकिन्छ । 

यसमा संस्कृति पर्यटन तथा नागरिक उड््ड्यन मन्त्री बद्री पाण्डेसम्म मौन छन् । महानिर्देशक अधिकारीको योजनामा मन्त्री पाण्डेले कुनै हस्तक्षेप गर्न सकेका छैनन् । 

अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठन (आइकाओ)को मापदण्ड अनुसार, ‘ट्याक्सी वे’ १४० मिटरको हुनुपर्नेछ । हाल अल्फा, ब्राभो, चार्ली, डेल्टा, इको गरी पाँचवटा छन् । निर्माण हुने ट्याक्सी वे १४० मिटर टाढा हुने भएका कारण १० घण्टा विमानस्थल बन्द गर्न नपर्ने बजगाई बताउँछन् ।

tia-(7)-1731066017.jpg
 

क्यानका प्रवक्ता हंसराज पाण्डे विन्टर सेड्युलसम्म पनि अवस्था उस्तै रहेमात्रै १० घण्टा बन्द गर्ने निर्णय पुनरवलोकन गर्ने बताउँछन् । “विन्टर सेड्युल आइसकेको छ । भैरहवा र पोखरा पनि नजाने र उडान कटौती हुने अवस्था आए त्यसपछि रिभ्यू हुन्छ,” उनी भन्छन् । 

भाडादर उच्च भएको गुनासो आएको भन्दै पर्यटन मन्त्री बद्री पाण्डे ‘रनवे’ निर्माण समय घटाउनुको सट्टा नेपाली श्रमिकलाई दिल्ली विमानस्थलबाट उडाउने ध्याउन्नमा लागेका छन् । 

tia-(5)-1731066016.jpg
 

शुक्रबार शुक्रबार परराष्ट्रमन्त्री आरजु राणा देउवा, श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दै श्रमिकहरूलाई दिल्ली हुँदै उडान व्यवस्था मिलाउन तयारीमा लागेका हुन् । 

tia-(6)-1731066016.jpg
 

“धावनमार्ग विस्तारको सूचना बाहिरिएसँगै एयरलाइन्स कम्पनीहरूले उडान कटौती गर्ने योजना बनाइसक्नु भएको थियो । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइट डाइभर्ट गर्न थालिएको हाल तीन चारवटा विमान कम्पनीले जाने तयारी गरिरहेका र केही गइरहेका छन्,” पाण्डेले भने, “पर्याप्त विमान नहुँदा समेत समस्या देखिएको छ । ”

tia-(3)-1731066015.jpg
 

छलफलका क्रममा परराष्ट्रमन्त्री देउवाले हवाई टिकटमा कटौती हुँदा सबैभन्दा बढी सरकारलाई नै घाटा भएको र तत्कालका निम्ति यात्रुहरूलाई मध्यनजर गर्दै दिल्लीबाट उडान भर्न दूतावासमार्फत पहल गर्न अनुरोध गर्ने समेत बताइन् । 

तस्बिर– हरिशजंग क्षेत्री

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro