site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी बनेका छन् । तर। उनी विजयी भएको औपचारिक घोषणा भने हुन बाँकी नै छ ।

अमेरिकी राष्ट्रपतिमा विजयी हुनको लागि ५३८ इलेक्टोरल भोटमा २७० आवश्यक पर्छ । निर्वाचनको मतगणना जारी रहे पनि ट्रम्पले २७६ इलेक्टोरल भोट प्राप्त गरिसकेका छन्, जुन राष्ट्रपतिमा विजयी हुनको लागि पर्याप्त हो ।

डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उमेदवार कमला ह्यारिसले हालसम्म २१९ इलेक्टोरल भोट प्राप्त गरेकी छन् । ह्यारिस वर्तमान उपराष्ट्रपति पनि हुन् । 

ट्रम्प यसअघि पनि अमेरिकाको राष्ट्रपति भइसकेका व्यक्ति हुन् । उनी जनवरी २०, २०१७ देखि जनवरी २०, २०२१ सम्म अमेरिकाको ४५औँ राष्ट्रपति रहेका थिए । त्यति बेला उनले डेमोक्रेटिक पार्टीकी उमेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए । 

ट्रम्पले दोस्रो कार्यकालको लागि सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा पनि रिपब्लिकन पार्टीको तर्फबाट उमेदवार बनेका थिए । उनी त्यतिबेला डेमोक्रेटिक पार्टीका उमेदवार तथा हालका राष्ट्रपति जो बाइडेनसँग पराजित भएका थिए ।

ट्रम्पले यसपटक समेत गरी लगातार तेस्रोपटक अमेरिकी राष्ट्रपतिमा उमेदवारी दिएका हुन् । यसपटक उनी पुनः विजयी बनेका छन् । 

ट्रम्पले मतगणना जारी भइरहेका बेला फ्लोरिडामा आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफ्नो विजयको घोषणा गरिसकेका छन् । उनले आफूलाई अमेरिकाको ४५औँ र ४७औँ राष्ट्रपति बनाएकोमा अमेरिकनवासीलाई धन्यवाद दिएका थिए ।

“अमेरिकाले हामीलाई शक्तिशाली बहुमत दिएको छ,” सम्बोधनका क्रममा ट्रम्पले भनेका थिए । उनले आफ्नो जितलाई अमेरिकी जनताको सानदार जित भएको बताएका थिए । 

अमेरिकी राष्ट्रपतिमा पुनः विजय भएका ट्रम्पले ४७औँ राष्ट्रपतिको जिम्मेवारी सन् २०२५ जनवरी २० बाट सम्हाल्ने छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro