site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘निराशालाई आशामा बदल्न सरकार जनअपेक्षाअनुसार चल्नुपर्छ’
फाइल तस्बिर ।

डडेल्धुरा । नेपाली कांग्रेसका नेता नैनसिंह महरले जनतामा छाएको निराशालाई आशामा बदल्न सरकार जनअपेक्षाअनुसार चल्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस डडेल्धुराले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सय दिने अवधिमा गरेका कामको समीक्षा गर्दै संसद्का दुई ठूला पार्टी मिलेर बनेको सरकारको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्नेमा जोड दिए । “सरकारको सफलता र असफलतासँग कांग्रेसको प्रतिष्ठा जोडिएको छ । त्यसैले जनसन्तुष्टिका लागि काम गर्नुको विकल्प छैन,” नेता महरको भनाइ थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पार्टी शिक्षा विभाग प्रमुख समेत रहेका केन्द्रीय सदस्य महरले संविधानमा लेखिएको निःशुल्क स्वास्थ र शिक्षा प्राप्त गर्ने जनताको हक कार्यान्वयन गराउन देशका १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले मंसिर पहिलो हप्तादेखि  विमर्श अभियान सुरु गर्ने जानकारी समेत दिए । रासस

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्