site stats
बाह्रखरी :: Baahrakhari
देश
सुर्खेत गाडी दुर्घटना : मृतकको संख्या चार पुग्यो

काठमाडौं । सुर्खेतमा भएको फोर्स गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले शुक्रबार साढे ५ बजेसम्म मृतकको संख्या चार पुगेको जानकारी दिए ।

"अहिले मृतकको संख्या चार पुगेको छ । घाइतेहरूको उपचार भइरहेको छ," डीएसपी विश्वकर्माले बाह्रखरीलाई भने ।

उनका अनुसार, अन्य २५ जना घाइते भएका छन् । उनीहरूको कर्णाली प्रदेश अस्पतालमा सुर्खेतमा उपचार भइरहेको छ ।

शुक्रबार दिउँसो सुर्खेतको वीरेन्द्र नगरपालिका–१४ स्थित रातानाङ्लामा दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्