राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । ज्वरो आएपछि भेटघाट रोकिएको उनको सचिवालयले जनाएको छ ।
उनको सचिवालय सदस्य प्रकाश सिलवालले ज्वरो आएपछि प्रधानमन्त्री ओलीले आराम गरिरहेको बताए ।
“उहाँलाई ज्वरो आएको छ । भेटघाट कार्यक्रम स्थगित गरिएको छ । चेकजाँचको काम भइरहेको छ,” सिलवालले बाह्रखरीसँग भने ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१ १५:०५
प्रतिक्रिया दिनुहोस्