site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दीपक र निश्चलबीच जुवारी, निश्चलले गरे यस्तो व्यंग्य 

काठमाडौं । निर्देशक, कलाकार तथा निर्माता निश्चल बस्नेतले अभिनेता, निर्माता तथा हल सञ्चालक दीपकराज गिरीलाई कडा व्यंग्य गरेका छन् । 

नेपाली र हिन्दी सिनेमाको शोका विषयमा दीपकलाई निश्चलले व्यंग्य गरेका हुन् । सिनेमा राम्रो भए आफैँ शो बढ्दै जान्छ भन्दै दीपकले स्टाटस लेखेपछि त्यसको जवाफ निश्चलले दिएका हुन् । 

‘प्रायः हलहरूले शो दिएन भनेर हामी उफ्रिन्छौँ । तर हेरौँ त नगन्य शो बाट सुरु भएको पूर्ण बहादुरको सारङ्गीले आफूलाई कहाँ पुर्यायो । योभन्दा पहिला १२ गाउँ त्यस्तै, समस्या कहाँ रहेछ त ?’ दीपकराज गिरीले यस्तो स्टाटस लेखेपछि निश्चलले जवाफ फर्काएका हुन् । तर उनले नाम नै किटान भने गरेका छैनन् । उनले हल सञ्चालन गर्ने एक चलचित्रकर्मी भनेर दीपकलाई संकेत गरेका छन् । 

निश्चल नेपाली सिनेमा पनि राम्रा हुन्छन् भनेर दिमागले सुरुमै सोच्न सक्दैन भन्दै व्यंग्य गरेका छन् । 

‘कोही चलचित्रकर्मी जो आजकाल हल पनि चलाउँछन । ...ले मौका पाएर ठूलो गफ छाडिहालेछन् । नेपाली चलचित्रले राम्रो गर्दै गएपछि शो बढेको बढै छ त भन्दै । हो हजुर हो,’ निश्चलले लेखेका छन्, ‘विदेशी फिल्म राम्रो हुन्छ भनेर जुन दिमागले पहिल्यै सोच्छ र छरपस्ट शो दिन्छ । त्यही दिमागले नेपाली फिल्म पनि राम्रो हुन्छ, सुरुमै राम्रो शो दिनुपर्छ भनेर किन सोच्न सक्दैन ?”

निश्चलले सधैँ नेपाली चलचित्रले प्रमाणित गरिरहनु पर्ने हो, निर्माताले शो थपिदिनुन भनेर गुहार्नु पर्ने नै हो भन्दै प्रश्न गरेका छन् । 

‘प्रस्ट छ..., विदेशी फिल्मको शो घटाइएर नेपाली फिल्मलाई दिएका छौँ भनेर भ्रम नछर्दा हुन्छ । नेपाली फिल्मले दर्शक खोजेको हो । हलसम्म आफ्नो बलबुताले ल्याएको हो । यो फिल्मले राम्रो दाम ल्याउँछ भनेर प्रमाणित गरेपछि मात्र शो थपिएको हो,’ निश्चलले भनेका छन्, ‘विदेशी फिल्म पनि हात्ती आयो हात्ती आयो फुस्सा भएपछि शो घटाइएको हो ।’

निश्चलले चलचित्र बनाइरहेका चलचित्रकर्मीले पनि निर्मातालाई शो बाँडफाँटमा न्याय गर्न नसकेको बताएका छन् । ‘कमसेकम चलचित्र बनाइरहेको ब्यक्तिले यतिसम्म बोल्लान् सोचेको थिइनँ । बोल्नु भयो । ठिक गर्नुभयो । चिनियो ।’ 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ०७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro