site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनको मूल्य तोलामा दुई हजारले बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार एकैदिन सुनको मूल्य तोलामा चार हजार रुपैयाँले घटेको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro