site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘फेस अफ कर्णाली याक्स’मा स्वस्तिमा खड्का
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’को रूपमा भित्र्याएको छ । बुधबार नक्सालस्थित हिल्टन होटलमा पत्रकार सम्मेलन गर्दै कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल)का लागि खड्कालाई आबद्ध गरेको जानकारी गराएको हो ।

उनले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन र वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताएकी छन् । उनले नेपाली क्रिकेट विश्वस्तरमा चिनिँदै गएको पनि सुनाइन् ।

"अहिले खेलकुदको माध्यमबाट हरेक राष्ट्रले आफूलाई चिनाउँदै गएका छन् । नेपालको पनि क्रिकेटको प्रभाव बढ्दै गएको छ," उनले भनिन्, "कर्णाली याक्सले नेपाली क्रिकेटलाई विश्वमाझ पुर्‍याउने योजना ल्याएको छ । त्यसैको प्रभावले कर्णाली याक्ससँग जोडिन पुगेको हो," उनले भनिन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

Swastima-Khadka-c-1730901803.jpg
खड्काले नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी फ्रान्समा खेलिरहेको र उनकै प्रभावले पनि खेलकुदमा लाग्न प्रेरित गरेको प्रसंग सुनाएकी थिइन् ।

"नेपालकी स्ट्राइकर सावित्रा भण्डारी फ्रान्समा व्यावसायिक फुटबल खेलिरहनुभएको छ । उहाँले पनि फ्रान्समा नेपाल र नेपालीलाई चिनाउनुभएको छ । त्यसैले पनि खेलकुदले मलाई प्रभावित पार्‍यो," उनले भनिन् ।

Royal Enfield Island Ad

उनले आफ्नो श्रीमान् निश्चल बस्नेत पनि कर्णाली प्रदेशकै भएकाले पनि कर्णाली याक्ससँग जोडिन सहज भएको बताइन् ।

Swastima-Khadka-1730901804.jpg
कार्यक्रममा कर्णाली याक्सका मालिक जनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, मुख्य प्रशिक्षक तथा टिम निर्देशक ज्ञानेन्द्र मल्लको उपस्थिति थियो ।

प्रशिक्षक मल्लले कलाकार क्रिकेटमा जोडिनु सुखद् सन्देश रहेको र क्रिकेट विकासमा टेवा पुग्ने विश्वास गरे । "कलाकारिता क्षेत्रको मान्छे भएर पनि क्रिकेटमा जोडिनुभएको छ । हामी खेलाडी र फ्यानमात्रै हैन । कलाकार पनि क्रिकेटमा जोडिँदा यस क्षेत्रको विकासमा मद्दत पुग्ने छ," उनले भने ।

Gyanendra-Malla-1730901805.jpg
कार्यक्रमबाटै कर्णाली याक्सको आफ्नो गीत सार्वजनिक गरेको छ । गीतमा हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सका उपाध्यक्ष सुनिल खनालको  स्वर, संगीत र शब्द छ ।

कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका तिव्रगतिका बलर सोमपाल कामी छन् । प्रतियोगिताका लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ । त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

Karnali-Yakss-1730901804.jpg
विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको छ । थप खेलाडी चाँडै सार्वजनिक गरिने सहमालिक गृहेन्द्र घिमिरेले जानकारी गराए ।

प्रतियोगिताकै लागि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटल हिल्टनसँग सम्झौता गरिसकेको छ । प्रतियोगिता १५ मंसिरदेखि ६ पुससम्म हुने छ ।

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro