site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बागलुङ बस दुर्घटनामा २१ जना घाइते
प्रतीकात्मक तस्बिर ।

ढोरपाटन (बागलुङ) । बागलुङमा आज बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रुकुमदेखि काठमाडौंका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६, जाउलेपानीमा दुर्घटनामा परेको हो । 

दुर्घटनामा परेका सबै घाइतेलाई बुर्तिबाङ प्राथमिक केन्द्र बागलुङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिए । गाडीमा ४० यात्रु सवार रहेको प्रहरीको भनाइ छ । 

हाल प्रहरी र स्थानीयले उद्धार गरिरहेको प्रहरी निरीक्षक चिलवालले बताए । उनका अनुसार बुर्तिबाङबाट थप प्रहरी पठाइएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro