site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लाहिरु मिलान्थाले जनकपुर बोल्ट्सबाट खेल्ने

काठमाडौं । श्रीलंकाका अमेरिकन क्रिकेटर लाहिरु मिलान्थाले जनकपुर बोल्ट्सबाट मंसिर १५ बाट काठमाडौंमा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा खेल्ने भएका छन् । एक समय श्रीलंका ‘ए’ र श्रीलंकाको इमर्जिङ टोलीबाट खेलेका मिलान्था नेपाली भूमिसँग परिचित छन् ।

नेपाल क्रिकेट संघले दुई वर्षअघि आयोजना गरेको नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टारबाट खेलेका थिए । अल स्टार टोलीलाई विजयी बनाउने क्रममा मिलान्थाले १२२ माथिको स्ट्राइक रेटमा ३४९ रन बनाएका थिए । उनी सो प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा थिए । मिलान्थाले फाइनलमा २८ बलमा सर्वाधिक ४१ रन बनाएका थिए ।

"लाहिरु मिलान्थालाई अनुबन्ध गर्नु जनकपुर बोल्ट्सका लागि रणनीतिक कदम हो," जनकपुर बोल्ट्सका निर्देशक अमित राम श्रेष्ठले भने ।

एनपीएलका लागि ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको जनकपुर बोल्ट्समा अनुबन्ध हुने मिलान्था चौथो विदेशी खेलाडी हुन् । बोल्ट्सले यसअघि नै न्युजिल्यान्डका क्रिकेटर जिमी निसमलाई अनुबन्ध गरिसकेको छ । बोल्ट्ससँग अर्का दुई विदेशी खेलाडीमा जोशुआ ट्रम्प र मोहम्मद मोहसनी छन् । लाहिरु जस्तै ट्रम्प र मोहसिन पनि अमेरिकी बेस क्रिकेटर हुन् ।

आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल छन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  २०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro