काठमाडौं । राष्ट्रिय सूचना आयोगमा पदाधिकारी सिफारिस गरिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेतृत्वको सिफारिस समितिले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यलाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।
सदस्यमा गगन विष्ट र दुर्गा भण्डारी पौडेलको नाम सिफारिस गरिएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
सदस्यमा सिफारिस विष्ट प्रेस चौतारीका पूर्वअध्यक्ष र पौडेल पत्रकार महासंघकी पूर्वकेन्द्रीय सदस्य तथा अधिवक्ता हुन् ।
डा. आचार्य यसअघि नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक थिए । विष्ट यसअघि नेकपा (एमाले)को प्रचार विभागका सचिव थिए । पौडेल प्रेस चौतारीकी सचिव तथा प्रेस काउन्सिलकी पूर्वसदस्य समेत हुन् ।