site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सभामुखलाई सांसद शाहीले भने– दादागिरी बन्द गर्नुस् !
ज्ञानेन्द्र शाही । फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरूका माग बेवास्ता गरेर प्रतिनिधिसभाको बैठक चलाइनु ‘दादागिरी’ भएको टिप्पणी गरेको छ । आइतबार (असार १) पनि भिजिट भिसा प्रकरणमा छानबिन समिति माग गर्दै राप्रपा सांसद प्रतिनिधिसभा बैठकमा आफ्नो आसनमा उभिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदले वेल घेराउ गरेका छन् ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले भिजिट भिसा प्रकरणमा दोषीमाथि कारबाही गर्नुपर्ने विषयमा साथ दिन आग्रह गरे । “संसद्‌मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुन्छ ? उचित हुँदैन,” उनले भने, “उहाँहरू पनि, हामी पनि जनता जिताएको जनप्रतिनिधि हो । भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गरियोस् भन्नेमा सबैले साथ दिनुस् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राप्रपा र रास्वपाका सांसद्को अवरोधबीच सभामुख देवराज घिमिरेले संसद् बैठकको कार्य अघि बढाएका छन् ।

शाहीले थपे, “यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन, दादागिरी हो । दादागिरी बन्द गर्नुस् !”

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्