site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजामा भएको इजरायली हमलामा चारजनाको मृत्यु
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

गाजा । गाजा सहरको पूर्वमा रहेको तुफाहमा मंगलबार भएको इजरायली हमलामा चारजना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको जनाइएको छ ।  

हमलाबाट सेनाले उत्तरी गाजापट्टीको जबालिया शिविरको पश्चिममा आवासीय भवनहरू समेत क्षतिग्रस्त बनाएको चिकित्सा स्रोतहरूले बताएका छन् ।

हमलामा, खान युनिसको पूर्वमा रहेका घरहरुमामा सेनाले बम प्रहार गरेपछि धेरै प्यालेस्टिनीहरू घाइते भएको स्रोतहरूले रिपोर्ट गरे ।

गत अक्टोबरदेखि गाजापट्टीमा सुरु भएको इजरायली आक्रमणको परिणामस्वरूप अहिलेसम्म ४३ हजार ३७४ जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ भने एक लाख दुई हजार २६१ जना घाइते भएका छन् । हजारौँ पीडितहरू भग्नावशेषमुनि बेपत्ता छन् भने कयौँ पहुँचविहीन सडकमा छरिएका छन् । रासस/क्यूएनए

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro