site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्थानीय तह उपनिर्वाचनको माहोल बनाउन जुटे राजनीतिक दल
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । चाडबाड सकिएसँगै राजनीतिक दलहरु स्थानीय तह उपनिर्वाचनमा उमेदवार छान्ने तयारीमा जुटेका छन् ।  स्थानीय तहका खालि ठाउँमा हुने उपनिर्वाचनका लागि मंसिर २ गते उमेदवारी दर्ता गर्ने कार्यतालिका छ । आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।

नेताहरुले उमेदवार सिफारिस र छान्न स्थानीय तह, जिल्ला र प्रदेशलाई जिम्मेवारी दिएका छन् । वडाध्यक्षको उमेदवार जिल्ला र पालिकाको उमेदवार प्रदेशले टुंग्याउने जिम्मेवारी दिएका हुन् ।

एमाले कीर्तिपुर नगर कमिटीले सुरेन्द्र मानन्धरलाई नगरपालिका प्रमुखको उमेदवार बनाउन सिफारिस गरेको छ । राप्रपाले इन्जिनियर ध्रुव महर्जनलाई उमेदवार बनाउने घोषणा गरिसकेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जिल्ला र प्रदेशलाई उमेदवार टुंग्याउन निर्देशन दिएको जानकारी दिए । “उपनिर्वाचनका उमेदवार प्रदेशले टुंग्याउने हो । आवश्यकता अनुसार केन्द्रको संयोजनमा उमेदवार टुंगो लाग्छ,” उनले भने ।
 
सत्ता साझेदार नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजक रहेको उपनिर्वाचन संयोजन समिति गठन गरेको छ । कार्तिक १४ गते गठन भएको समितिमा सह–महामन्त्रीहरु सदस्य छन् । 

“समितिको बैठक बसिसकेको छैन । अब बैठक बसेर आवश्यक संयोजन गर्छौैं,” कांग्रेस सहमहामन्त्री तथा संयोजन समितिका सदस्य जीवन परियार भन्छन् । 

Royal Enfield Island Ad

संसद्को ठूलो दल नेकपा (माओवादी केन्द्र)ले कात्तिक २५ सम्ममा उमेदवार नामवाली केन्द्रमा पठाउन निर्देशन दिएको छ । “२५ गतेभित्र उमेदवार छानेर नामावली पठाउन निर्देशन दिएका छौं,” माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटा भन्छन्, “वडाको उमेदवार जिल्लाले र पालिकाको उमेदवार प्रदेशले टुंग्याउनेछ ।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचन संयोजन समिति बनाएको छ । एकीकृत समाजवादीले पनि यही साताभित्र उमेदवार टुंग्याउने तयारी गरेको छ । पार्टीका उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले यही साताभित्र उमेदवारी टुंगो लगाउने बताए । 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले उपनिर्वाचनका लागि कमान्डर तोकिएको बताए । “उपनिर्वाचनका लागि कमान्डर तोकेका छौं । उहाँहरुले सल्लाह गरेर उमेदवार टुंग्याउनुहुन्छ,” उनले भने । 

एक्लै लड्ने तयारीमा छन् दलहरु ?

अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरुबीच कतिपय स्थानमा चुनावी तालमेल भएको थियो । यसपालि अधिकांश दलहरु एक्लै लड्ने तयारीमा छन् । कांग्रेस, एमाले, माओवादीले एक्लै लड्ने तयारी गरेका हुन् ।
 
एमाले प्रचार विभाग प्रमुख गौतमले एक्लै चुनाव लड्ने तयारी गरेको बताए । त्यस्तै, माओवादीका कोषाध्यक्ष श्रीराम ढकाल पनि एक्लै चुनाव लड्ने बताउँछन् । 

कांग्रेसले पनि एक्लै चुनाव लड्ने निर्णय गरिसकेको छ । एकीकृत समाजवादीले भने सहकार्य हुन सक्ने दलसँग तालमेलको तयारी गरेको छ । “छलफल गर्दैछौं । सहकार्य हुन सक्ने ठाउँमा तालमेलको तयारी गरेका छौं,” एकीकृत समाजवादीका कार्यालय सचिव रामकुमार भट्टराईले भने । 

कुन दलले जितेको स्थान रिक्त ? कसको शक्ति कति ? 

मंसिर १६ गते एक नगरपालिका प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष पदमा उपनिर्वाचन हुनेछ । जसमा एक नगरप्रमुख, एक उप्रमुख, दुई गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष कांग्रेसबाट निर्वाचित भएका थिए । माओवादीबाट निर्वाचित दुई गाउँपालिका उपाध्यक्ष पद रिक्त भएको हो ।
 
काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख पदमा उपनिर्वाचन हुँदैछ । कांग्रेसबाट नगरप्रमुख जितेका राजकुमार नकर्मीको ०८१ साउन १० गते निधन भएको थियो । मुटु रोगबाट पीडित नकर्मीको उपचारका कममा निधन भएको थियो ।

उनले ९ हजार ४३ मत प्राप्त गरेका थिए । एमालेका केशरत्न बज्राचार्यले ५ हजार ५०७ पाएका थिए । उनीहरुबीच मतान्तर ३ हजार ५ सय ३६ थियो । माओवादीका शिवनारायण महर्जनले ४ हजार ९०, एकीकृत समाजवादीका बटुकृष्ण थापाले १ हजार १५३ मत ल्याएका थिए ।

राप्रपाका जितबहादुर बिष्टले ५७२, नेमकिपाका श्रीकृष्ण महर्जनले ५३२, स्वतन्त्र उमेदवार मनोज बुढाथोकीले ३६५, नेपाली कांग्रेस (वीपी)का प्रविद् खनालले ८१ मत प्राप्त गरेका थिए ।

त्यस्तै, आमुल परिवर्तन मसिहा पार्टीका उमेदवार श्यामकाजी महर्जनले २१, स्वतन्त्र भीमकुमार महर्जनले १३ मत ल्याएका थिए । 

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्षका निम्ति उपनिर्वाचन हुँदैछ । पालिका अध्यक्ष जयप्रकाश गच्छदारको  ०८१ असार ३ गते निधन भएको थियो । स्थानीय तहको निर्वाचनमा गच्छदार कांग्रेसबाट निर्वाचित भएका थिए । 

उनले ७ हजार ६ सय ५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ मत ल्याएका थिए । उनीहरुको मतान्तर १ हजार ५१२ रहेको थियो ।  त्यहाँ माओवादी केन्द्रका विजयकुमार सरदारले २ हजार ७  सय २७ , राप्रपाका पखुलाल विश्वासले ४४७, एकीकृत समाजवादीका राकेश चौधरीले १३९ मत पाएका थिए । 

त्यस्तै, जनमत पार्टीका उमेदवार पन्च नारायण चौधरी थारुले ९८ मत पाउँदा नेपाल मजदुर किसान पार्टीका मनोज कुमार चौधरीले ४ मत प्राप्त गरेका थिए ।  दैलेखको महाबु गाउँपालिका अध्यक्ष दैलेख अध्यक्ष लछुमन गुरुङको २०७९ माघ माघ २७ मा निधन भएको भयो ।

मुटुको दुखाइ बढेपछि जिल्ला सदरमुकामको मेडिकल पुर्याइको गुरुङको उपचारका क्रममा निधन भएको थियो । उनी कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । 

एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गर्दै गुरुङ पालिका अध्यक्ष बनेका थिए । गुरुङले ४ सय ६० मतान्तरले निर्वाचित भएका थिए । उनले २ हजार ९ सय ७९ मत ल्याउँदा एमाले उपाध्यायले २ हजार ५ सय १९ मत पाएका थिए । 

एकीकृत समाजवादीका जंगबहादुर शाहीले २ हजार २६८ , नेमकिपाका बमबहादुर सिंहले ५८, स्वतन्त्र उमेदवार विष्णुकुमार बुढाले २२ मत ल्याएका थिए । राप्रपाका राजबहादुर सिंहले १५ र स्वतन्त्र दिनेश बहादुर सिंहले १ मत ल्याएका थिए । 

जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको भूकम्पमा परी मृत्यु भयो । ०८० कार्तिक १७ मा आएको भूकम्पमा उनको निधन भएपछि पद रिक्त छ । कांग्रेसबाट निर्वाचित भएकी सिंहले ५ हजार ४०६ मत ल्याएकी थिइन् । एमालेकी उमेदवार सुनिता बोहरा ३ हजार ३ सय ९३ मत ल्याएर पराजित पराजित भएकी थिइन् । 

त्यहाँ  स्वतन्त्र सुशिलाकुमारी शाहीले ९४ मत ल्याउँदा राप्रपाकी डम्बर कुमार बाँनियाले ४८ मत ल्याएकी थिइन् । 

त्यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष पदमा पनि उपनिर्वाचन हुँदैछ । कांग्रेसबाट पालिका उपाध्यक्ष निर्वाचित श्यामसुन्दर तामाङको २०८० असार ३१ गते हृदयघातका कारण निधन भएको थियो । उनको निधनपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

कांग्रेस–माओवादी गठबन्धनबाट निर्वाचित भएका तामाङले ४ हजार ७ सय ४१ मत ल्याएका थिए । एमालेकी मुना शिवाकोटीलाई पराजित ३ हजार २ सय ८१ मत ल्याएर पराजित भएकी थिइन् । 

त्यहाँ राप्रपाकी यसोदा पाठकले २४ मत पाएकी थिइन् । गाउँपालिका अध्यक्ष भने माओवादीले जितेको थियो ।

उता, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पद पनि रिक्त छ । माओवादीबाट उपाध्यक्षमा निर्वाचित भएका चन्द्रसिंह कार्कीको ०८१ भदौ४ गते सवारी दुर्घटनामा निधन भएको थियो । स्थानीय निर्वाचनमा उक्त पालिकामा कांग्रेस–माओवादी गठबन्धन भएको थियो ।
 
कार्कीले ३ हजार २ सय ६९ मत ल्याएका थिए । एमालेकी जुनकुमारी फडेरा १ हजार ६४ मत ल्याएर पराजित भएकी थिइन् । पालिका अध्यक्ष भने नेपाली कांग्रेसले जितेको थियो ।  

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोशीको ०८० माघ ४ मा निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । कांग्रेसबाट निर्वाचित भएकी जोशीले एमालेकी सुलोचनाकुमारी भण्डारीलाई पराजित गरकी थिइन् । 

जोशीले १ हजार ८ सय १० मत प्राप्त गर्दा भण्डारीले १ हजार ६ सय ३७ ल्याइन् । उनीहरुबीचको मतान्तर १७३ छ ।  त्यहाँ माओवादीका सुरेश बहादुर रोकायाले १ हजार २१३ र स्वतन्त्र विर सिंगे विकले ४१ मत ल्याएका थिए ।

पुथाउत्तरगंगा गाउँपालिका, रुकुमपूर्वको उपाध्यक्ष पद रिक्त छ । उपाध्यक्ष भुपेन्द्रा बुढा मगरको गत भदौ २८ गते सवारी दुर्घटनामा परी निधन भएको थियो । ०७९ को स्थानीय निर्वाचनमा माओवादीबाट निर्वाचित भएकी बुढाले ४ हजार ५९ मत ल्याएकी थिइन् । 

कांग्रेसकी कमला कुमारी मल्लले २ हजार १० ल्याउँदा एमालेकी धर्मघर्ती बुढाले १ हजार ८१२ मत ल्याएकी थिइन् ।  त्यस्तै, रिक्त ३० वडा अध्यक्षका पदमा पनि उपनिर्वाचन हुँदैछ । स्थानीय निर्वाचनमा रिक्त भएका धेरै वडामा यसअघि कांग्रेसका उमेदवार निर्वाचित भएका थिए । 

निर्वाचन आयोगको तथ्यांक अनुसार जसमध्ये कांग्रेसले १७, एमालेले ६, माओवादीले ५, जसपाले १ र स्वतन्त्रले १ वडामा जितेका थिए । ०७९ को स्थानीय निर्वाचनमा जितेका स्थान जोगाउन दलहरुलाई चुनौति देखिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro