site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोकिएन ‘पूर्ण बहादुरको सारङ्गी’को शो थपिने क्रम, क्यूएफएक्समा ७९ शो 
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को शो बढ्ने क्रम जारी छ । आज पनि यो सिनेमाको शो उल्लेख्य मात्रामा थपिएको छ । 

क्यूएफएक्सका आउटलेटमा मात्र आज १५ शो थपिएको छ । हिजो ६४ शो पाएको चलचित्रले आज ७९ शो पाएको छ । चलचित्र रिलिज हुँदा यो चलचित्रले क्यूएफएक्समा जम्मा ३८ शो पाएको थियो । 

आज यो चलचित्रले क्यूएफएक्सका काठमाडौं उपत्यका भित्रका आउटलेटमा ३५ र बाहिर ४४ शो पाएको छ । सुरु दिन १९/१९ शो पाएको थियो । 

अन्य मल्टिप्लेक्सले पनि यो चलचित्रलाई शो थप्दै गएका छन् । ‘पूर्ण बहादुरको सारङ्गी’ले आज वान सिनेमाजमा आज १० शो पाउँदा आईएनआईले शो बढाएर १८ पुर्याएको छ । 

वर्डअफ माउथ बलियो भएपछि पाएका शो हाउसफूल भएसँगै हलहरूले ‘पूर्ण बहादुरको सारङ्गी’लाई शो थप्दै गएका छन् । आज पनि धेरै शोमा अग्रिम टिकट बुकिङ फिलिङ फाष्टमा गएका छन् । 

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बरालसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ । 

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । 

कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  ०७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro