site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
उठ्यो ‘पूर्ण बहादुरको सारङ्गी’, ‘सिंघम अगेन’ र ‘भूल भुलैया–३’लाई पछि पार्दै देशभर हाउसफूल

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले बलियो वर्ड अफ माउथ पाउँदा अनपेक्षित रूपमा दर्शकको साथ पाएको छ । पहिलो दिन पाएका शो पनि हाउसफूल नभएको सिनेमाले विस्तारै दर्शकको साथ पाउँदै गएको हो ।

प्रत्येक शो हाउसफूल भएपछि हलहरूले शो थपिरहेका छन् । प्रत्येक मल्टिप्लेक्सले अहिले यो चलचित्रलाई सुरुका दिनमा दिएको शोमा दोब्बरभन्दा धेरै शो उपलब्ध गराएका छन् । 

लक्ष्मिपूजाका दिन रिलिज भएको यो चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंभित्र र बाहिर समान १९/१९ शो दिएर जम्मा ३८ शो दिएको थियो । 

आज क्यूएफएक्सले यो सिनेमालाई काठमाडौंमा ३१ र काठमाडौंबाहिर ३३ शो दिएको छ । आज क्यूएफएक्सका आउटलेटमा यो चलचित्रले ६४ शो पाएको छ । क्यूएफएक्सले आज ‘पूर्ण बहादुरको सारङ्गी’लाई ठूलो हल उपलब्ध गराएको छ । 

क्यूएफएक्सकै तुलनामा अन्य हलले पनि ‘पूर्ण बहादुरको सारङ्गी’लाई शो प्रदान गरेका छन् । सुरुमा दुई शो उपलब्ध गराएका हलले अहिले बढाएर सात शो सम्म पुर्याएका छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’ले बलिउडका ठूला दुई चलचित्र ‘सिंघम अगेन’ र ‘भूल भुलैया–३’लाई पनि पछि पारेको छ । यी दुई चलचित्रले भन्दा ‘पूर्ण बहादुरको सारङ्गी’ले आज धेरै शो पाएको छ । 

‘पूर्ण बहादुरको सारङ्गी’मा दर्शकको उच्च चाप देखिएपछि हलहरूले राति अबेरसम्म शो निकालेका छन् । धेरैजसो शो फिलिङ फास्टमा गएपछि मध्यरातसम्मका शो ‘पूर्ण बहादुरको सारङ्गी’लाई हलहरूले निकालेका छन् । 

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बरालसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ । 

चलचित्रको संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro