site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रामेछापमा युवक बेपत्ता घटनामा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोसी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

भुजेल शुक्रबार रातिदेखि बेपत्ता छन् । प्रहरीले तामाकोसी नदीमा उनको खोजतालास गरिरहेको छ ।

भुजेललाई बेपत्ता पारेको आरोपमा मन्थली–१ का २७ वर्षीय मीनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । भुजेल बेपत्ता भएको साँझ विक उनको साथमा रहेका कारण घटनाको अनुसन्धान गर्न विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

शुक्रबार भुजेल र विकबीच झगडा भएको स्थानीयले बताएका छन् । विकसँग बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro