site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काबुलको ग्यास कारखानामा आगलागी हुँदा ६ जनाको मृत्यु 

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक ग्यास कारखानामा भएको आगलागीमा ६ जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । 

काबुलको पश्चिममा रहेको पघमान जिल्लाको काला–ए–हैदर खान क्षेत्रमा रहेको ग्यास कारखानामा आगलागी भएको हो । आन्तरिक मामिला मन्त्रालयअन्तर्गतको प्राकृतिक प्रकोप तथा अग्नि नियन्त्रक विभागका प्रमुख नुरल्लाह अन्सारले ६ जनाको मृत्यु भएको र नौजना घाइते भएको पुष्टि गरेका छन् । 

आगलागीको कारणबारे अनुसन्धान भइरहेको र आर्थिक क्षतिको विवरण आउन बाँकी रहेको स्रोतले जनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro