site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रादेशिक कृषि थोकबजारको निर्माण अन्तिम चरणमा
फाइल तस्बिर ।

वाग्मती । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा निर्माणाधीन प्रादेशिक कृषि थोकबजारको निर्माण अन्तिम चरणमा पुगेको छ ।  गौरवका आयोजनाका रुपमा वाग्मती प्रदेश सरकारको लगानीमा निर्माणाधीन सो कृषि थोकबजारको करिब ९८ प्रतिशत निर्माण सम्पन्न भइसकेको वाग्मती प्रदेश सरकारको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । 

कुल ३० करोड ८७ लाख ६२ हजार ७८७ रुपैयाँ लागतमा निर्माणाधीन सो हाटबजार कार्यविधि बनाएर सञ्चालन गर्ने तयारी भएको प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोदकुमार भट्टराईले जानकारी दिए ।  

अनक–माउन्टेन जेभी काठमाडौंले ठेक्का पाएको उक्त हाटबजारको निर्माण कार्य अन्तिम चरणमा पुगेर हस्तान्तरणको तयारीमा रहेको सचिव भट्टराईले बताए । 

किसानले श्रमको उचित मूल्य पाउने र बिचौलियाको समस्या समाधान हुने विश्वासका साथ हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको सो कृषि हाटबजारको निर्माण कार्य गत २०७८ साल जेठ ९ गतेदेखि सुरु भएको थियो ।
 
निर्माण कम्पनीले यही २०८१ जेठ मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भए पनि समय अपुग भएको भन्दै सात महिना थप गरी यही मंसिर ८ गतेसम्ममा काम सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । 

प्रदेश सरकारको ७०–३० को लगानी मोडलअनुसार हेटौँडा उपमहानगरपालिकाको सहकार्यममा दुई बिघा चार धुर क्षेत्रफल जग्गामा निर्माणाधीन सो कृषि हाटबजारमा होलसेल मार्केट, रिटेलस मार्केट, किसानको टहरा, प्रशासनिक तथा क्यान्टिन, कोल्ड स्टोरेजलगायतका सरंचना रहेको प्रदेश सरकारको कृषि विकास निर्देशनालयका सबइन्जिनियर मोदनाथ तिम्लिसिनाले जानकारी दिए ।  

अन्डरग्राउन्ड पार्किङको व्यवस्था गरिएको हाटबजारको थोक बजारमा ४० सटर र सिटेलस मार्केटमा २३  सटर रहेको जनाएको छ । एउटै भवनमा दुईवटासम्म लिफ्ट रहेको भवनको माथिल्लो तलामा पनि सटर छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  ०९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro