site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान

काठमाडौं । ग्लास्गोमा हुने अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९२औँ महासभामा भाग लिन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर बेलायत प्रस्थान गरेका छन् । 

भोलिदेखि आगामी बिहीबारसम्म हुने महासभामा भाग लिन कुँवर तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर आज बिहान बेलायत प्रस्थान गरेका हुन् ।

इन्टरपोलका १९६ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने महासभाका क्रममा इन्टरपोल र विश्व स्वास्थ्य संगठनबीचको सहयोग, आतंकवादविरुद्धको रणनीति, प्रहरीको विश्लेषणात्मक क्षमता अभिवृद्धि, अतिवादविरुद्ध एकीकृत रणनीति, इन्टरपोलको संविधान संशोधनलगायत विषयमा छलफल हुने केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro