site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्थलभन्दा हवाई मार्गबाट निर्यात बढी, वीरगञ्ज भन्सार हुँदै एक खर्ब २८ अर्बको आयात हुँदा साढे सात अर्बको निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । निर्यातको कुल हिस्सामध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट २५.८४ प्रतिशत छ ।

चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा त्रिभुवन विमानस्थिल भन्सारबाट नौ अर्ब ९० करोड ८३ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

तर, यो भन्सारबाट तीन महिनाको अवधिमा ३० अर्ब ६२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । यो भन्सारबाट बढी रकमको आयात देखिएको भए पनि कुल वस्तु तथा सेवा आयातको मात्रा हेर्दा यो भन्सारबाट कुल आयातको ७.८४ प्रतिशत मात्र हो ।

चालु आर्थिक वर्षको तीन महिनामा तीन खर्ब ९० अब ७५ करोड २३ लाख रुपैयाँको आयात भएको छ । यो आयात २७ वटा भन्सारबाट भएको हो । २७ भन्सारमध्ये वस्तु तथा सेवा आयातको हिसाबमा त्रिभुवन विमानस्थल भन्सार पाँच नम्बरमा छ । यो भन्सारबाट हुने आयातभन्दा बढी भैरहवा, सुक्खा बन्दरगाह र विराटनगर भन्सारबाट हुन्छ । कुल आयातको १६.२५ प्रतिशत भैरहवाबाट सक्खा बन्दरगाहबाट १४.१९ प्रतिशत र विराटनगर भन्सारबाट १०.७३ प्रतिशत नेपालमा भित्रिन्छ ।  

सबैभन्दा बढी आयात वीरगञ्ज भन्सारबाट भएको छ । यो भन्सारबाट एक खर्ब २७ अर्ब ८९ करोड ३६ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । यो कुल आयातको ३२.७३ प्रतिशत हो । वीरगञ्ज भन्सारबाट सात अर्ब ५७ करोड ६२ लाख रुपैयाँको निर्यात भएको छ । यो कुल निर्यातको १९.७४ प्रतिशत हो ।

११ भन्सारबाट निर्यात शून्य
तीन महिनाको अवधिमा ११ भन्सार कार्यालयबाट नियात शून्य छ । यसरी वस्तु तथा सेवा निर्यात नहुने तातोपानी, सुठौली, जनकपुर, सुनसरी, चोभार, भद्रपुर, सती, महेशपौर, राजविराज, ठाढी र त्रिभेनी भन्सार छन् । त्रिभेनी भन्सारबाट दुई लाख चार हजारको आयात भएको छ भने ठाढी भन्सारबाट ५३ लाख पाँच हजार रुपैयाँको आयात भएको छ ।

राजविराज भन्सारबाट भने तीन करोड ५१ लाख रुपैयाँको आयात भएको छ । वस्तु तथा सेवा निर्यात नभएका यी ११ भन्सार कार्यालयमध्ये सबैभन्दा बढी तातोपानी भन्सारबाट आयात भएको छ । यो भन्सारबाट १२ अर्ब पाँच करोड ४२ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

bhansar-1730530910.png
 

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro