site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दसैँ र तिहारबीचको सेयर कारोबार : पाँच दिन लगानीकर्तामा उत्साह, बजार उही विन्दुमा

काठमाडौं । दसैँको बिदाभन्दा अघिल्लो दिन नेप्से परिसूचक २,६६८.१७ विन्दुमा पुगेर बन्द भएको थियो । तिहार बिदाअघिको अन्तिम कारोबार दिन बुधबार पनि बजार सोही विन्दु नजिकै आएर बन्द भयो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २,६७७.६२ विन्दुमा बन्द भएको हो ।

दसैँपछि असोज २९ गते बजार खुल्दा लगानीकर्तामा उत्साह देखिएको थियो । सो दिन बजार २७ सयकै विन्दुमा बन्द भएको थियो । त्यसपछिका दुई कारोबार दिनको अवधिमा बजार २,७८० विन्दुसम्म पुग्यो । तर, अहिले बजार दसैँअघिकै कारोबार दिनको विन्दु नजिकै छ ।

दसैँ र तिहारको बीचको अवधिमा १२ दिन सेयर करोबार भयो । १२ कारोबार दिनमा ६ दिन बजार बढ्यो भने ६ दिन बजार घट्यो । यस अवधिमा बजार औसतमा साढे ९ अंकले बढेको छ ।

१२ कारोबार दिनमा ६८ अर्ब दुई करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस अवधिमा औसत दैनिक पाँच अर्ब ६६ करोड रुपैयाँको करोबार भएको छ । सबैभन्दा कम मूल्यको कारोबार असोज २९ गते तीन अर्ब ६ करोड रुपैयाँको भएको थियो ।

यस अवधिमा सबैभन्दा बढी मूल्यको सेयर कारोबार कात्तिक ४ गते भएको थियो । सो दिन आठ अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । 

कनामन-1730303610.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  २१:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro