site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलो हाफमा नेपाल र बंगलादेश गोलरहित बराबर

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ फाइनलको पहिलो हाफमा घरेलु टिम नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर सदुपयोग गर्न सकेनन् । खेलको दोस्रो मिनेटमै बंगलादेशले गोलको सुन्दर अवसर सदुपयोग गर्न सकेन ।

नेपाली रक्षक गीता राना डिफेन्ड प्रहारमा चिप्लिदा उनको प्रहार सटिक हुन सकेको थिएन । सोही बललाई नियन्त्रणमा लिँदै बंगलादेशी कप्तान सविना खातुनले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो । रिबाउन्डमा सविनाले पुनः हेडर गरे पनि त्यसलाई नेपाली गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले सहजै नियन्त्रणमा लिँदै खतरा टारिन् ।

१०औँ मिनेटमा नेपालले गोलको अवसर सदुपयोग गर्न सकेन । सावित्रा भण्डारीले लेफ्ट साइडबाट निकालेको पासलाई नियन्त्रणमा लिँदै १८ यार्ड बक्सबाहिरबाट अमिषा कार्कीले सुन्दर प्रहार गरे पनि बारमा लागेर फर्किंदा नेपालले अग्रता बनाउन सकेन ।

प्रतियोगितामा नेपाल लगातार तेस्रोपटक र बंगलादेश लगातार दोस्रोपटक फाइनल प्रवेश गरेका हुन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro