site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वाईवाई यू–१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनी र गण्डकी प्रदेश विजयी

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाईवाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी र गण्डकी प्रदेश विजयी भएका छन् । 

बुधबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३७.३ ओभरमा सबै विकेट गुमाएर ९९ रनको झिनो योगफल बनायो । कर्णालीका अरविन्द घर्तीले सर्वाधिक २० रन बनाए । भुपेन्द्र शाहीले १९ रनको योगदान दिए ।

लुम्बिनीका सन्तोष यादवले सर्वाधिक ६ विकेट विकेट लिए । उनले १० ओभरमा तीन मेडन ओभर गर्दै १९ रन मात्र दिए । यादव खेलको 'प्लेयर अफ म्याच' घोषित भए ।

जितका लागि १०० रनको सामान्य लक्ष्य पाएको लुम्बिनीले २६.४ बलमा चार विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका दर्ष सोनारले २० रन बनाउँदा समिचर असिसलले पनि नटआउट २० रन जोडे ।

कर्णालीका युनिश ठकुरी र अनुज चनराले समान दुई–दुई विकेट दिए । खेलेका तीनवटै खेलमा जित निकालेको  लुम्बिनी शीर्ष स्थानमा उक्लिएको छ । कर्णालीले खेलेका दुई खेलमा पराजित हुँदै पुछारमा रहेको छ ।

U19Cr-1730285404.jpg
त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा गण्डकीले घरेलु टोली कोसी प्रदेशलाई ११४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २०८ रन बनायो । गण्डकीका सिब्रिन श्रेष्ठले ५३ रन बनाए । अर्जुन कुमालले ४६ रन बनाए ।

कोसीका रोशन साहले चार विकेट लिँदा विपीन महतोले तीन विकेट लिए ।

जितका लागि २०९ रनको लक्ष्य पाएको कोसीले ३३ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्यो । कोसीका सोनु अन्सारीले सर्वाधिक ३४ रन बनाए ।

गण्डकीका अर्जुन कुमालले चार विकेट लिँदा अपराजित पौडेलले तीन विकेट लिए । 'प्लेयर अफ द' म्याच गण्डकीका सिब्रिन श्रेष्ठ भए । गण्डकी चार अंकका साथ दोस्रो स्थान उक्लिएको छ । तीन खेल खेलेर पनि जितविहीन कोसी छैठौँ स्थानमा छ ।

विहीबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा गण्डकी र सूदुरपश्चिम प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा वागमती र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro